Govind Belbase
<May 2026>
SuMoTuWeThFrSa
262728293012
3456789
10111213141516
17181920212223
24252627282930
31123456
राष्ट्र
राष्ट्र
– गोविन्द बेल्वासे

भोकी आमाको
लाम्टाबाट नझरेपछि
आयातित निप्पलमा
आयातित धुलो दुध
साउनीको दयाले
चुस्यो, हुर्क्यो
र, गायो जय राष्ट्रवाद

छुट्टि आका
भिनाजुको चमेली तेल
लाहुरेको आइफोन
रेल चढ्ने रहर
अनि
दशैमा घर फर्केको
चाँदनी चोकको कान्छाले
गायो, जय राष्ट्रवाद

ग्राहकले फूर्ति झार्यो
जीबी रोडमा रहर मेट्यो
कान्छाले दिदीको हालत सुन्यो
निर्बल, निर्धो कान्छा
भक्कानियो, र
गायो, जय राष्ट्रवाद

भुन्टी भित्राउँदा
ऋणमा थाप्यो तिल्लरी
ब्याजको भार उतार्न
यूपी नम्बर प्लेटको जिपमा
झुण्डदै साहुँलाइ भोट
माग्यो, र
गायो, जय राष्ट्रवाद

कोखत पीडाले छट्पटायो
लिम्पयाधुरा बड्बडायो
जङ्गे पिलर नि पत्यायो
सुस्ताको पीरले सुस्तायो
चोमोलुङ्मा गौरव ठान्यो
मुठ्ठी कस्यो,
बेसार खाएर तङ्ग्रियो
र,
गायो, जय राष्ट्रवाद
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.