Govind Belbase
<May 2026>
SuMoTuWeThFrSa
262728293012
3456789
10111213141516
17181920212223
24252627282930
31123456
उचाइ
उचाइ



– गोविन्द बेल्वासे

उचाइकै धरहरा बार मुनि
आर्यघाटमा धुँवा देखिन्छ
गजुर मुनि चिता देखिन्छ
अक्सिजन अभाव देखिन्न,


सर्बोच्च धरहरा कै उचाइ हो
लगनपछि पोते कै आदेश
टुप्पैबाट देखिने सान हो
रैति फुच्चे देख्ने घमण्ड हो,


उचाइबाट महाकाली देखिन्छ
सीमा नि धरहराबाटै देखिन्छ
तै, हाम फाल्ने नि त्यैँ छेकिन्छ
जनै देख्दा किरियापुत्रि छेकिन्छ,


धरहरा टुप्पामा चित्कार सुनिन्न
अरिङ्गालको भुन्भुनाहट सुनिन्छ
इमिसनरङ्गी टुडिखेल पारिको लाम
रेल गुडेको सानदार लस्कर देखिन्छ,


नदेखिने कोभिडको छट्पटी
सिलिण्डर विनै रोकिएको स्वास
घर जाँदा छेकिएको मजदुर
भ्याकुर खन्दा थाकेको ज्यान हो


, तलको अन्याय बादलले ढाक्छ
नढाकिने छिद्र छोप्ने कालो टोप
टुप्पाको बासुरी धुनमा भुल्नेलार्इ
तल द्रोपतीको चिर हरण देखिन्न,


गान्धारीको पट्टीले अन्धकार छ
प्रतिज्ञाको भारमा पितामह लाचारी
पर्दैनको अनादरको मार सहीय
अन्धा नगरी धम–धुसड राज,


कोलाहल विगुलको धुन गुञ्जाउ
चित्कारले बासुरी बादक झस्काउ
कान नै चर्काइ झस्काउ र ब्यूझाउ
उचाइ मै कुर्लने क्रुरलाइ गल्हत्याउ।
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.