Govind Belbase
<January 2026>
SuMoTuWeThFrSa
28293031123
45678910
11121314151617
18192021222324
25262728293031
1234567
वाटरगेट काण्डले गर्दा राष्ट्रपति बनेका फोर्डको निधन
अमेरिकाका ४० औं उपराष्ट्रपति तथा ३८ औं राष्ट्रपति जेराल्फ फोर्डको ९३ वर्षो उमेरमा २७ डिसेम्बर २००६ का दिन निधन भएको छ । ९३ वर्ष१२१औ दिनमा निधन भएका फोर्डको जन्म अमेरिकाको ओमाहामा १४ जुलाई १९१३ का दिन भएको थियो । भूतपूर्व राष्ट्रपति कोर्डको नाम भियतनाम यूद्ध र वाटर गेट काण्ड संग पनि जोडिने गर्दछ ।

>अमेरिकाको वाटअरगेट काण्ड अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनका लागि अभिसाप बनेको थियो भने त्यस काण्डकै कारण फोड भने निर्वाचित नभईकनै १९७४ देखि १९७७ सम्म अमेरिकाका राष्ट्रपति भएका थिए । १९७६ को निर्वाचनमा उनलाई जिम्मि कार्टरले हराएका थिए । आफ्नी पत्नी संग कैलिफोनिर्यामा बस्दै आएका जेराल्ड फोर्ड एक वर्षदेखि विरामी थिए ।

>वासिंगटन पोष्टका पत्रकार बोब बुर्डवर्डले फोर्डसंग लिएको अन्तिम अन्तवार्ता उनको निधन पछि चर्चामा आएको छ । भियतनाम यूद्धमा अमेरिकाको पराजय व्यहोरेका तत्कालिन राष्ट्रपति फोर्डले इराक माथिको अमेरिकी आक्रमणका लागि जर्ज बुसको आलोचना गरेको उक्त अन्तवार्तामा उल्लेख छ । उनले इराक यूद्धमा जानुलाई जायज ठहराएर रम्सफेल्ड, चेनी र राष्ट्रपति बुसले ठूलो गल्ती गरेको बताएका छन् । सद्दाम हुसेनलाई फासी दिइएकै समयमा प्रकाशित उक्त अन्तर्वातामा अमेरिकी भुपु राष्ट्रपति फोर्डद्वारा वुसको आलोचना गरिएको छ ।

उनले प्रख्यात पत्रकार बोब बुर्डवर्डलाई दिएको उक्त अन्तवार्तामा उक्त कुरा बताएका हुन जुन कुरा उनी जीवित हुँदा सम्म प्रकाशित गरिएको थिएन । पत्रकार बोब बुर्डवर्डको रिपोर्टको कारणले गर्दा नै अमेरिकाको वाटरगेट काण्डको पर्दाफाँस भएको थियो र त्यही रिपोर्टका कारण निक्सनले राजिनामा दिनपरेको थियो भने उपराष्ट्रपति कोर्डलाई राष्ट्रपति बनाइएको थियो । राष्ट्रपति फोर्डले निक्सनलाई वाटरगेट कान्ड वापत हुने सजाय माफी प्रदान गरेका थिए । निक्सनलाई माफी दिने शर्तमा फोर्ड राष्ट्रपति बनाइएको आरोप उनकालागि निकै महंगो सावित भएको थियो ।

> वासिंटन पोष्टमा बोब बुर्डवर्ड र कलि बर्वष्टिनले वाटर गेट काण्डका गुप्त सुचनाहरु जनसमक्ष पस्केका थिए । उनीहरुले पछि सम्म पनि आफुहरुलाई गोप्य सुचना दिने व्यक्ति को थियो भन्ने जानकारी दिएका थिएनन् । त्यतिवेला गोप्य सुचना दिनेको छद्म नाम 'डीप थ्रोट' भनिएको थियो । व्रनिटी फेयर पत्रिकामा अर्न्तवार्ताका क्रममा 'डिप थ्रोट' भनेर वाटरगेट काण्डका गोप्य सूचना वासिङनपाष्टका पत्रकारलाई दिने व्यक्ति मै हुँ भनेर मार्क फेल्टले बताए पछि पनि बुडवार्डले उक्त कुरा गोप्य नै राखेका थिए । तर पछि ३१ डिसेम्बर २००५ मा प्रख्यात वत्रकार बुडवार्डले मार्क फेल्ट नै डिप थ्रोट हुन भन्ने खुलासा गरेका थिए ।

> जेराल्ड रुडोल्फ फोर्डको जन्मको ज्ञान लेस्ली लिन्च किङ थियो । उनी स्यानै हुँदा उनकी आमा जेराल्ड फोर्ड संग अर्को विवाह गरेर उनलाई संगै लगेका कारण झड्केला बाबुकै नामबाट उनको परिचय बनेको थियो । येल विश्वविद्यालयबाट १९४१ मा उनले कानून विषयमा स्नातक गरेका थिए र दोस्रो विश्वयूद्धमा जल सेनामा संलग्न थिए । १९४४ को तुफानमा सयौं जलसेना मर्दा उनी संजोगले बाँचेका थिए । उनले अमेरिकी संसद -कंग्रेस) मा २५ वर्षसेवा गरेका थिए । उनी १९६५ मा अमेरिकी कंग्रेसमा प्रतिपक्षको नेता चुनिए र १९७३ मा निक्सनद्वारा उपराष्ट्रपतिमा मनोनित भए । ९ अगष्ट १४७४ मा उनले अमेरिकाको राष्ट्रपति पदको सपथ ग्रहण गरेका थिए । १९७५ मा दुइ पटक सम्म उनको हत्या गर्ने प्रयास भएको थियो । पहिलो पटक उनीमाथि गोली प्रहार हुनुभन्दा पहिला नै गुप्त सुरक्षा एजेन्सीले उनलाई बचाएको थियो र दोस्रो आक्रमणमा उनी माथि प्रहार गरिएको गोली केही पाइलालेमात्र छलिएको थियो । उनी अहिले सम्मकमा सबभन्दा दर्ीघजीवि अमेरिकी राष्ट्रपति ठहरिएका छन् । १९७६ मा अमेरिकाको रिपब्लिकन पार्टीबाट निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार छनोट गर्ने क्रममा तत्काल क्यालिफोर्नियाका गभर्नर रोनाल्ड रेगनलाई उछिनेर निर्वाचन लड्ने क्रममा जिम्मि कार्टरले उनलाई हराएका थिए । राष्ट्रपति निक्सनलाई दिएको माफिका कारण अमेरिकी जनताले निर्वाचनमा उनलाई हराइदिएको टिप्पणी गरिन्छ ।१९८० को निर्वाचनमा जिम्मी कार्टरलाई हराए पछि राष्ट्रपति बनेका रोनाल्ड रेगनले फोर्डलाई उपराष्ट्रपति बन्न अहृवान गरेका थिए । तर फोर्डले उपराष्ट्रपतिको प्रस्ताव स्वीकार नगरेर केही व्यापारिक संस्थाहरुको डाइरेक्ट बनेर बसेका थिए ।
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.