Govind Belbase
<May 2026>
SuMoTuWeThFrSa
262728293012
3456789
10111213141516
17181920212223
24252627282930
31123456
एउटा कथा
एउटा कथा



–गोबिन्द बेल्वासे

आस्था, ध्यान र पुजा
ज्ञान दर्शन एवं बुद्धि
ढोका खोलेर बसेको
गुरूकुलको प्राङ्गण


ऋृचाका राग र बांणी
पूर्वको लाली सङ्गैको गुञ्जन
सुन्यो बालक र लम्कियो
काखीमा बस्ता च्याप्दै


लोभिइ नानी भुन्भुनाहट सुन्दा
गुम्बाको पीला शान्त र शान्ति
बारीको डोराको सास्ति अलपियो
आधुनिक डान्सबार घन्कियो


सुम्निमाले क्रुसको जालिदार
बिछाएर एयरपोर्ट ढोकामा
पर्खँदै छुट्टि आउनेको बाटो
पीरतीको स्वाद फेरिन्न


पादरी र मुल्लाको बाचन
माया प्रेम सुन्दरताको लागि
मनमा आश इच्छा र प्रार्थना
उही ज्ञान बचनको सन्देश


उल्ले जोगाउँछु भन्यो
सानेले पाल्छु भन्यो
हिरोले उद्धार गर्यो
तर, उ सधै लुटिइन्छे


चिथर्छ चिथरिन्छे
मायामा लोभिन्छे
धोकाले सताइन्छे
लड्न त निर्धिछे


ममता छ र जन्माउँछे
जन्मेर ज्ञान खोज्नेलार्इ
सुरक्षा दिने गुरूकुल
बेदमा बर्जित गर्छ


जन्मने एउटा गुरू बन्छ
गुरू खोज्दै चेलो
छुसी नपलाउँदै अच्छा हुन्छ
गन्हाउन थाल्दा भिलेन बन्छ


गुरू बन्ने भित्र छिर्छ
ज्ञानको भोको अडिन्छ
फुको धागो बाटेर बनेको
अजर बलवान छेकबार


छ सरेबाट छेकिन्छ उ
काट्ने हंसिया हान्दा
ठुटिएकोले उछिट्टियो
र, पुग्यो पेरिस डाँडा


बिहानै लाली छर्ने नै
दोप्पहर हुँदा शीर माथि
चर्कीएर पसिना बगायो
बालकोटको धजामा टासिँयो
धार लाउन ठोक्यो हथौडा हान्दा छ सरे धागोमा उछिट्टियो हंसिया बग्यो भेरीमा तर, गायो इन्कलाब !!
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.