Govind Belbase
<November 2025>
SuMoTuWeThFrSa
2627282930311
2345678
9101112131415
16171819202122
23242526272829
30123456
बेलायतको नेपाली मन
बेलायतको नेपाली मन

बेलायत बस्ने अधिकांश नेपालीलाई गृहमन्त्रीको नाम सोध्नु भयो भने बामदव गौतमको नाम लिन्छन् । कसैकसैले कहाँको गृहमन्त्री भनेर पनि सोध्लान, तर ‘टेरेसा मे’ भनेर जवाफ दिने बिरलै भेटिन्छन् । एकजना परम मित्रले एक दिन मसँग एउटा दुखेसो पोखे “छोराले हामी (अङ्ग्रेजीमा ‘वी’) भनेर बेलायती लाई सम्बोधन गर्छ” । छोरा–छोरीले नेपालीलाई होइन बेलायतीलाई ‘हामी भनेर महसुस गर्ने” परिस्थितिले उनलाई मात्र होइन हामी अधिकांशको मन पोल्छ ।

खासमा त गास, बास र कपासको जोहो गर्न मुग्लान धाउँदा धाउँदै परदेशी भएका छौ । बेलायतबाट पैसा, विद्या र ज्ञान कमाएर नेपाल फर्कने सोचका साथ आएका तर यतै बसोबास गरेका मजस्ता ब्यक्तिको पनि ब्यवहार हो यो । बेलायत बस्छौ मन नेपालमा छ । अलिखित संबिधान भएको देशमा बसेर नेपालमा संबिधान चाडै बनोस भनेर चाहन्छौ । त्यही संबिधान बन्न ढिलो भएको समेतका राजनैतिक र आर्थिक कारणले थुप्रै नेपाली बिदेशिएका छौ ।

यसैबीचमा हाम्रा सन्ततिले समयको अन्तरालमा “हाम्रा पुरखा नेपालबाट आएका हुन” भन्ने परिस्थिति अब टारेर टर्दैन जस्तो जाल्छ । उनीहरुले भन्ने पुरखा हामी ठहरिने छौ भन्ने सम्झँदा मुटु चस्कन्छ । तर, किन ?

सन्ततिले जे जस्तो अवस्था भोगेपनि हामी भने जीवन भरि नेपाली नै भैरहन पाए हुन्थ्यो जस्तो लाग्छ । पञ्चायत कालमा रैति र प्रजालाइ पासपोर्ट बनाउन पनि दिइन्थेन । पासपोर्ट बनाउन दरबारिया र भारदार तथा उनले पत्याएको ब्यक्ति हुनपर्थ्यो । अहिले पासपोर्ट बनाउन त त्यस्तो समस्या छैन तर नेपाली भैरहने गरी त्यसलाइ जोगाइराख्न भने नागरिकता ऐनको दफा १० ले रोक्छ ।

नेपाल नागरिकता ऐन २०६३ को दफा १० भन्छ –



१०. नेपाली नागरिकता कायम नरहने ः (१) नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन ।

10. Termination of Nepalese Citizenship (1) Any citizen of Nepal who voluntarily acquires the citizenship of any foreign country shall automatically lose the citizenship of Nepal.

अर्थात बेलायतको नागरिकता (नेचुरलाइजेशन तथा रातो पासपोर्ट) प्राप्त गरे नेपालको नागरिकता स्वतह खारेज हुन्छ ।

बिदेशी नागरिकता लिएपछि नेपालको नागरिकता कै भरमा नेपालको पासपोर्ट लिएमा तथा लिन खोजेमा वा त्यसैलाइ प्रयोग गरेर भ्रमण गरेमा के हुन्छ त भन्ने विषयमा राहदानी ऐन २०२४ मा सजायको ब्यवस्था छ ।
जसमा भनिएको छ –
दफा ५. दण्ड सजायः कसैले झुट्टा बयान वा विवरण दिई राहदानी प्राप्त गरेमा वा प्राप्त गर्न प्रयत्न गरेमा वा दफा ३ को विपरीत विदेशको भ्रमण गरेमा वा गर्ने प्रयत्न गरेमा वा नेपाल सरकारले दिएको आदेश वा निर्देशनको पालन नगरेमा वा जुन उद्देश्यका लागि राहदानी जारी गरिएको हो सो बाहेक अन्य उद्देश्यका लागि राहदानीको प्रयोग गरेमा वा आफ्नो नाउँको राहदानी अरुलाई प्रयोग गर्न दिएमा वा अर्काको राहदानी प्रयोग गरेमा वा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बर्खिलाप अन्य कुनै कामकारवाही गरेमा निजलाई एक बर्षसम्म कैद वा पाँचसय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्नेछ ।

यस्तो सजाय भने अझैसम्म बेलायत बस्ने नेपालीले पाएको थाहा छैन र यो समस्या नपरोस भन्ने चाहन्छु ।

धन्यबाद
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.