Blog Details

cateringpal
मेरो मन डराइरहेको थियो । तर, ड्राइभर मोबाइलमा हेरेको सूचनाको भरमा जति ढुक्क भएर गाडीलाइ पानीभित्र गुडाएका थिए त्यत्तिनै सहज तरिकाले मोटर कालोपत्रे बाटोमा उक्लियो । मेरो डर हरायो । मेरो डर अस्वभाविक भने थिएन भन्ने सोचेर चित्त बुझाएं ।

गुफाबाट गयातिर

17 Feb, 2025

गुफाबाट गयातिर

तलका फाँटहरूमा हरिया बालीहरू लहलहाइरहेका थिए । उत्तरपट्टिका ती पहाडहरूमा हरियाली पटकै थिएन । ढुङ्गैढुङ्गा थुप्रिएको पहाड देखिन्थे । धेरै अग्ला पहाड होइनन् । तर, उत्रैउत्रै पहाड वारि र पारि देखिने भएर नै होला ती पहाडको नाम बराबरी पाहाड भन्ने राखिएको हुन सक्छ भन्ने अनुमान सहजै गर्न सक्ने देखिन्छ ।

एक्लो गुफा भएको पहाडीको तलको थोरै फाँटमा बाली लगाइएको थिएन । सिचाइ नपुगेका केही गह्राहरूमा आली थिए । तर, बाँजै थिए । ती बाँजा गह्राहरू धेरै थिएनन् । म हुर्किएको गाउँमा जङ्गलको छेउँतिर जनावरले विरूवा खाइदिने लगायतका कारण अलि हेला गरेका खेत हुन्थे । त्यहाँ पनि उस्तै देखिन्थे ।

त्यहाँबाट हामी बोधगया जान हिड्यौं । हाम्रो कार थोरै अगाडि गुडेपछि ड्राइभरले रोके । के भएछ भनेर अगाडि हेर्दा अगाडि गाडी जानसक्ने बाटो नै देखिएन । अगाडिपट्टि सिधै जाने बाटो थिएन । वाँया मोडिएको बाटो जस्तो भागमा पानी भरिएको पोखरी जस्तो देखिन्थ्यो । दायाँ जाने गल्लीमा मोटर जान नसक्ने गरी साँगुरो देखियो । ड्रइभरले हामीलार्इ केही नभनि मोबाइलमा हेर्दै थिए । एकै छिनमा मोबाइलको सूचनाबाट ढुक्क भएछन ।

त्यसपछि उनले मोटरलाइ त्यो पोखरी जस्तो देखिएको बाटो तिर गाडी अगाडि बढाए । बाटोको दायाँ बायाँ तिरको डिल पोखरीको डील जस्तो देखिंदै थियो । गाडी त्यता जान थालेको तर अग्लो भागदेखि पोखरी सकिएपछिको अग्लो बाटोको भाग पनि पोखरीकै डील जस्तो देखिँदै थियो ।

उनले मोटर अगाडि बढाएर पानीमा पसाए । सानोमा गाउँघरमा हिलोमा मोटर न अगाडि जानसक्ने, न पछाडि सर्न सक्ने गरेर एकै ठाउँमा चक्का घुमेको घुमै गरेको सम्झना भयो । अब त्यस्तै हुन्छ कि भन्ने डरले मन चिसो भयो । तर, ड्राइभरप्रति विश्वास थियो । अताल्लिएको मन लुकाउन ड्राइभर र सहयात्री साथीले थाहा नपाउन भन्ने कोशिस गरें ।

पानी अति नै कालो थियो । सानै गाउँले घर थिए बाटो वरिपरि । गाउँका गोठको फोहोरोले त्यो पानी कालो भएको अनुमान गरें ।

नभन्दै गाडी पानीको बीचमा पुग्यो । अगाडि पानि थियो । पछाडि पानी थियो । दायाँ र वायाँ पनि त्यही कालो पानी थियो ।

मेरो मन डराइरहेको थियो । तर, ड्राइभर मोबाइलमा हेरेको सूचनाको भरमा जति ढुक्क भएर गाडीलाइ पानीभित्र गुडाएका थिए त्यत्तिनै सहज तरिकाले मोटर कालोपत्रे बाटोमा उक्लियो । मेरो डर हरायो । मेरो डर अस्वभाविक भने थिएन भन्ने सोचेर चित्त बुझाएं ।

त्यसपछि भने मोटर गाउँको साँगुरो बाटो गुडेपछि ठूलो बाटो तिर पस्यो । गाउँको सानो बाटो नसकिँदासम्म दुर्इ ठाउँमा टाउकोमा दाउराको भारि बोकेर हिड्दै गरेका महिलाहरूसङ्ग सोधेर बाटो विराइएको छैन भन्ने निधो गर्दै थिए । वास्तवमा ती गुफा भएको पहाडको फेँदसम्म पुग्ने बाटो निधो गर्न पनि उनले बाटो उस्तै गरी सोध्दै अगाडि बढाएका थिए । त्यहाँ पुग्ने बाटो पैलाउन गाउँलेसङ्ग जसरि सहयोग लिएका थिए त्यसै गरी निस्कँदा पनि सहयोग लिए । ती ड्राइभरले पहिला पनि अरू ग्रहक लिएर ती बराबरी पहाडीसम्म पुगेका रहेछन् । त्यसैले धेरै अलमल त भएको थिएन । तर, पनि एक ठाउँमा भने गलत बाटो अगाडि बढेकोले फर्किएर अलिबेर गुडेपछि सही बाटो समाउन परेको थियो ।

मोटर वे पुगेपछि भने सरसर्ति मोटर गुड्दै गयो । भोक लागेकोले ड्राइभरलाइ कतै रोक्न अनुरोध गर्यौ । तर, रोक्न मिल्ने ठाउँ भेटिएन भन्दा भन्दै उनले बोधगयाको होटलमा हामीलार्इ पुर्याए । सायद, समय छोट्याएर अर्को ग्राहकलार्इ सेवा दिने हतारिँदैथिए । त्यसैलेहोला नास्ता गराउनभन्दा गन्तब्य पुग्न उनी हतारिएका रहेछन् ।

हामी होटलमा झोला थन्काएपछि नास्ता खाने ठाउँ खोज्न हिड्यौं । पैदल जाँदा दायाँपट्टि एउटा फीसपोण्ड नामको रेस्टुरेन्ट देखियो । हामी त्यहीँ छिर्यौ । माछा पौडिन मिल्ने गरी पानी भरिएको ठाउँमा खुट्टा झुण्डाएर पानीमा डुबाएर बस्न मिल्ने गरी सानासाना पोखरी बनाएको रहेछ । ती कुण्डमा वरिपरि बस्ने बेञ्च र बीचमा गोलो टेबुल । तल पानीमा पाइताला डुबाएर बस्न मिल्ने । तर कुनै पनि कुण्डमा पानी थिएन । पानी नभएपछि माछा हुने कुरै भएन । थियो त केवल त्यस्तो ढाँचा मात्र थियो ।

साँझ परिसकेको र ग्राहक धेरै आउने नदेखर होला ती माछा कुण्डमा पानी थिएन । पानी भरेर माछा नै नहाल्ने तर देखाउने मात्र ढाँचा बनाइएको पनि हुनसक्छ । सोचेजस्तो खर्च थेग्न सक्ने ग्राहक त्यहाँ नपुगेका कारण पानी र माछाकै ब्यवस्था गरेर ब्यापार गर्न छाडिएको पनि हुन सक्छ । सुरू परिकल्पना गरेका मालिकले सोचेजस्तो ब्यापार नभएकोले बेचेर नयाँ सञ्चलकलार्इ छाडेको पनि हुन सक्छ ।

त्यो माछा कुण्डहरू बारीमा छानो हालेर छुट्टै बनाएइको रहेछ । त्यहाँ सुनसान पनि देखेर हामी सिंढी चढेर भित्रको रेस्टुरेन्ट भागमा पुग्यौ । घाम अस्ताइसकेको थियो । अध्यारो बढ्दै गर्दा बाहिर खुलामा बसेर खाना खाँदा हाम्रो रगत चुस्न लामखुट्टे सल्बलाउने सम्भावना पनि मनमा जागेको थियो ।

बोधगयाको त्यो बातावरणमा स्थानीयहरूको भावना बुद्धका पञ्चशील लगायतका नीति अनुकुल भने देखिएन । अहिंसाको ब्यवहारमा कट्टरता देखाउने गरेको भने महशुस भएन । माछा मासुको विक्री अन्य शहरमा जस्तै लाग्यो । बुद्धका नामले ब्यापार चल्ने शहर भए पनि स्थानीयहरू बुद्धका धम्म ज्ञान र बोधिसत्व दर्शनबाट प्रभावित महशुस भएन ।

मान्छेका ब्यवहार पटनाका विहारी शैलीका थिएनन् । अलि शालीन थिए । ठग्ने प्रवृत्ति भन्दा सन्तुलीत ब्यापारिक ब्यवहार गर्दारहेछन् । खासै पर्यटक पुग्ने शिजन नभएर पनि हुन सक्छ हामी बसेको होटलमा भिडभाग भने थिएन ।

होटलका म्यानेजरले एउटा तीन पाङ्ग्रेलार्इ विहानै आइपुग्ने ब्यवस्था गरे । त्यसै अनुसार २० जनवरीको चिसो वातावरणमा हामी ढुङ्गेस्वरी पहाड जान गुड्यौ । बुध्दत्व प्राप्त हुनुभन्दा पहिला छ महिना बुद्धले ध्यान गरेको गुफा त्यही पहाडको फेँदमा छ । त्यसैले हामी त्यता जाँदै थियौ । मेरालागि बोधगयामा त्यो गुफा र पहाड बोधिबृक्ष भन्दापनि महत्वपूर्ण लागिरहेको थियो । त्यो पहाडमा गुफा भेट्नु अघि ध्यान गर्न योग्य ठाउँ खोज्न बुद्ध डाँडाभरि हिँडेको अनुमान गरें । त्यो गुफा नभेट्दासम्म पहाड चाहारेहोलान । पहाडको टुप्पामा र डाँडामा हिँडेर अनुभव गर्ने मन बनाइसकेको थिएं ।

तीन पाङ्ग्रे छिर्ने तर चार पाङ्ग्रे नछिर्ने बाटो हुँदै हामी अघि बढ्दै गयौं । चार पाङ्ग्रे जाने मोटरबाटो अलि घुमाउरो रहेछ । त्यसैले पनि होटल म्यानेजरले हामीलार्इ तीन पाङ्गे टेम्पोमा जाने सल्लाह दिएका रहेछन् । टेम्पोका दुर्इतिरका खुलाभागबाट हुत्तिएको हावाले हाम्रा छाला भेटेसम्म चेसो पार्दै थियो । हामी पनि सकेसम्म चिसो थेग्ने कपडाले छालालाइ चीसो हवाबाट जोगाउने चाँजो मिलाउँदै थयौ । टेम्पो गाउँको बाटोमा गुड्दै थियो । म जन्मेको र हुर्केको गाउँमा जसरि नै गाइभैसी, बाछाबाछी विहानमा घाम तपाउन आँगनमा बाध्ने चलन रहेछ । कतै कतै गोठबाट वाहिर सार्दै गरेको पनि देखियो । आफ्नै गाउँ पुगेको जस्तै अनुभूति हुनाले छुट्टै प्रकारको आनन्दा महशुस गर्दै थिएं ।

गन्तब्य पहाडको फेँदमा पुगेर टेम्पो रोकियो । एउटा झुप्रो पसलमा चिया र विस्कुट खायौ । पिसाप गर्ने ठाउँ सोध्दा खुला क्षेत्र प्रयोग गर्न सल्लाह दिए । टाढाबाट आएका पर्यटक बोकेर त्यहाँ पुगेका लामा लामा बसहरू पनि अलि पर पार्किङ गरिएका थिए । पहाड तलका फाँटमा केहि विहारहरू बनाएका पनि देखिए । ती विहारहरू सुविधा सम्पन्न होलान जस्तो देखिन्थे ।

Recent Blogs

Comments

Write comment »