भोका शिद्धार्थलाइ सुजाताको खीर
म ढुङ्गेश्वर पहाडको टुप्पामा पुगेर फर्कँदा साथीले पनि सुविधासम्पन्न विहार घुम्नु भएछ । बुद्ध धर्मका अनुयायीहरूले बुद्ध जन्मेको, उनले ज्ञान प्राप्त गरेको र निर्वाणा प्राप्त गरेका ठाउँहरूलाइ तीर्थ मान्ने गर्छन । तीर्थाटन गर्ने अनुयायी, भान्ते, भिच्छुहरूलार्इ सहज होस भनेर विहारहरू बनाएका हुन्छन् ।
साथीले अनुमान गरेको भन्दा चाडै नै म फर्किसकेको थिएं । हुन त म पहाडको पल्लो टुप्पासम्म नै हिँडेर अनुभव बटुल्ने रहर पुरा गर्न थालेको भए मैले धेरै समय खर्च गर्ने थिएं । जति अनुभव बटुले त्यो भन्दा फरक अनुभूति गर्ने स्थिति नदेखेकै कारण पनि म टुप्पामा पुगेपछि फर्किएको थिए । डाँडाको दायाँ तिरको भाग हिड्ने अनुभव बटुलिन ।
हामी विहान जुन बाटो त्यहाँ पुगेका थियौं त्यतै तिर फर्कँदै थियौं । खोलाको लामो पुल तर्नु अघि तरकारीको सानो बजार भेटियो । विहान हामी त्यहिबाटो जाँदा अझै दुकानहरू खुलेका थिएनन् । हाम्रो होटल फर्कने बाटो आधा भन्दा धेरै कटिसकेको थियो ।
हामीले सुजाताले बुद्धलाइ खीर खुवाएको ठाउँमा जाने सन्दर्भ टेम्पो ड्राइभरलाइ पटकपटक सम्झाएका थियौं । जाँदै गरेको बाटोबाट उनले बायाँ मोडेर अगाडि बढाए ।
सुजाताले बुद्धलाइ खीर खुवाएको ठाउँको रूख पीपलको रूख थियो भन्ने मेरो दिमागमा बसेको थियो । तर, बरको रूखमुनि रहेछ सुजाताले खीर खुवाएको । बुद्ध ६ महिना गुफामा बसेर ध्यान गर्दा पनि चित्तबुझ्दो ज्ञान प्राप्त नभए पछि केहि नखाइ ध्यानबसेको प्रसङ्ग हो । खानपीन केहि नगरेपछि शरीरको संयन्त्र टुट्नै लागेको थियो । ती पुराना हट्ठाकट्ठा ह्याण्डसम राजकुमार खिक्क्रिका हाडमा छाला बेरिएका प्राणमात्र बचेका मानव कङ्काल मात्र भैसकेका थिए ।
उता सुजाता उमेरअनुसार आवस्यक बर पाउन बरको रूखमा खीर चढाउँथिन । उनको यौवन चढ्दै गरेको उमेर थियो । ह्याण्डसम पति प्राप्तिको आशा बोकेर बरको रूखमा पुगेकी सुजाताले बुद्धलाइ भेटिन । उनले दुब्लो लुखुरे भएका सिद्धार्थलाइ खीर खान आग्रह गरिन । सिद्धार्थ गौतमका साथी तथा चेलाहरू पनि त्यहाँ थिए । ज्ञानको खोजीमा भोकहडताल गरेका सिद्धार्थले सुजाताको खिर खाँदैनन् भनेर उनीहरू ढुक्क थिए । ती चेलाहरूले विश्वास नै नगरेको कुरा भयो । बुद्धले भने सुजाताले दिएको खीर खाए ।
यस विषयमा बुद्धिजम सम्बन्धमा अनुसन्धान गर्ने र अध्ययन गर्नेहरू सकारत्मक तर्क गर्छन् । शरीर नै नरहे ज्ञान प्राप्त हुने भएन । केही नखाए शरीर रहँदैन भनेर बुद्धले त्यो खीर स्वीकार गरेर खाएको बताउँछन् । शिद्धार्थलाइ मस्तिष्कले काम गर्ने शक्ति शरीरमा भए मात्र अरू ज्ञान प्राप्त हुन सक्छ भन्ने पहिलो ज्ञान त्यहाँ भएको देखिन्छ । विवेकशील हुन सन्तुलित स्वास्थ्यको आवस्यकता पुष्टि हुन्छ । स्वस्थ्य रहन सन्तुलीत आहार पनि ध्यानपद्दति अन्तर्गत नै पर्ने नियम भित्र पनि यो प्रसङ्गलाइ लिन सकिन्छ ।
एउटा सुविधासम्पन्न बसको नजिक लगेर हाम्रो टेम्पो रोकियो । हामी झरेर बलौटे बाटो नाघेर सीढी चढ्यौं । जुत्ता राख्ने तहखाना र परिस्थिति हेर्दा त्यसभित्रको परिसरमा छिर्न जुत्ता खोलेर जान पर्ने नियम हामीले बुझ्यो । सूचनामा लेखिएको पनि रहेछ । दान पेटिका र माग्नेहरू त्यहाँ पनि भेटिए । पहिले गुफामा जाँदा फर्कँदाको ढालन गरिएको उकालोमा त लस्करै माग्नेहरू बसेका थिए । झोपडी पसलहरूले माग्नेहरूलाइ बाड्न मिल्ने गरी सिक्का पैसा साटिदिने ब्यापार पनि गर्दारहेछन् ।
वरिपरि परखाल र धर्मशाला परिसर भएको बीचभागमा बरको रूख रहेछ । त्यहाँ भेटिएका एक जनालाइ सोध्दा यो रूख पाँचौ पुस्ताको हो, भन्ने जवाफ दिए । भित्र छिर्नासाथ दायाँपट्टि खीर बेच्ने ब्यापार चल्दैरहेछ । त्यहाँ पुग्ने पर्यटकहरू सामान्यता सुजाताले शिद्धार्थलाइ खीर खुवाएको प्रसङ्ग सुनेरै आउने भएकोले पनि त्यो ब्यापार फस्टाएको होला । सायद तिर्थालुले त्यहाँ खीर खाँदा आफूलाइ पनि बुद्धत्व प्राप्त हुने विश्वास गरेर नै खिर खान्छन होला ।
विभिन्न मुर्तीहरू बनाइएका रहेछन् । ती मुर्तीहरूमा शिद्धार्थलाइ सुजाताले खिर खुवाएको प्रसङ्गका विम्बहरू कुदिएका छन् ।
साथीले पनि खीर किने र खानु भयो । म रमाएं । न त त्यहाँ खीर खाँदैमा मलाइ बुद्धत्व प्राप्त हुनेवाला थियो, नत साथीले खीर खाँदैमा उहाँलाइ बुद्धत्व प्राप्त भयो । तर हाम्रो भ्रमण रमाइलो र फलदायी रह्यो । पिपलको हैन त्यहाँ बरको मुनि सुजाताले शिद्धार्थलाइ खिर खुवाएकी हुन भन्ने सही जानकारी मिल्यो । वास्तवमा सही त के केसो हो ! तर सही भनेर मानिएको जनविश्वास त्यही छ ।
त्यहाँबाट फर्कँदा बाटो छेउँमा लस्करै थापिएका तरकारी पसलबाट तरकारी किनेर होटलमा पुग्यौ । होटल म्यानेजरको किचन शेयर गरेर पकायौ । घरबाट हिँडेदेखि सादा स्वस्थकार खाना खान नपाएर जिब्रो नियास्रिएको रहेछ । वाहिर खाँदा हामीलाइ मसालेदार चटपटे भैहाल्ने । अस्वस्थ्यकर प्रभाव पारिहाल्छ । उमेर अनुसारको शरीरको खानाको आवस्यकता तथा पाचन पद्दतिले गर्दा सादा खाना कै आवस्यक हुन्छ ।
हाम्रो सात्विक भोजन पश्चातको गन्तब्य बोधिबृक्ष हो । उक्त बोधिवृक्ष भनिने पिपलको रूख मूनि बुद्धले ज्ञान प्राप्त गरेको विश्वास गरिन्छ ।
© www.amaaba.org