Blog Details

cateringpal
बुद्धले बुद्धत्व प्राप्त गरेपछि शिष्यहरूलाइ पहिलो ज्ञान सिकाएको महत्वपूण भूमि हो । उनले पाँच शिष्यलाइ पहिलोपटक त्यहाँ ज्ञान बाँडेका थिए । बुद्धले संघको सुरूवात पनि सारनाथबाटै गरेका थिए । संघ बुद्ध ज्ञान विस्तार गर्ने संस्था हो ।

सारनाथ (बनारस: यात्रा

09 Mar, 2025

सारनाथ (बनारस)

बनारस पुगेको पहिलो विहान सारनाथ पुग्ने हुट्हुटी थियो । त्यसैले पनि विश्व हिन्दू विश्वविद्यालय(बीएचयू)को नेपाली विभागमा पुग्ने समय भन्दा पहिला सारनाथ गयौ । निर्धारित समयमा उता पुग्नुपर्ने हुनाले सारनाथको लागि छुट्याएको समय भने अलि अनुचित भएछ ।



सारनाथ परिसरको बाहिर पुग्दा भरखर चियाका पसलहरू खुल्दै थिए । धेरै चहलपहल भैसकेको थिएन । तर चहलपहलको सुरूवात भैसकेको थियो । दोकानदारहरूले आ-आफ्नो पसल अगाडिको बाटो पानीले भिजाउँदैपनि थिए । न जाडो, न चिसो, न गर्मीको विहानको घाम प्यारो लाग्दै थियो । विहानै भए पनि टुरिस्ट गाइडहरू तयार भैसकेका रहेछन् । हामी उनीहरूका पहिलो ग्राहकका रूपमा आर्षण बन्यौ । त्यो सारनाथको महत्व जति भावनामा छ त्यति भौतीक अवस्थाले समेट्ने कुरै थिएन । तर, पनि बुद्धका ज्ञान तथा संघको सुरूवातलार्इ पनि उछिन्न खोजेका मुर्ती बाहिरै ठडिएका रहेछन् । हुन त ठाउँ चिनाउन सम्राट अशोकका योगदानलाइ सम्मान गर्नै पर्छ । उनको पूर्ण कदको मुर्ती भित्र पस्दा दायाँ पट्टि देखियो । अशोकको मुर्ती ठडाएर आफ्नो नाम लेख्न खोज्नेको मानमा कति सारनाथको शिक्षा पुगेको होला अनुमान भने गर्न सकिन्छ ।



जिर्णोद्दार गर्नेहरूले बुद्धज्ञान र सारनाथको महत्व उछिन्न खोजेजसरि चिल्ला मार्बलमा नाम कुदाएका रहेछन् । त्यो आधुनिकताको लेपले ढाक्न नसकेको बुद्धभाव खोज्न नै अधिकांश पर्यटक त्यहाँ पुग्छन् । हिंदूहरूकालागि बनारसमा विश्वनाथ बाबाको मन्दीर सवैभन्दा बढि महत्वपूर्ण लाग्छ । तर, बौद्ध आस्थावानहरूका लागि चार धाम मध्येको एक धाम सारनाथ नै हो ।

बुद्धले बुद्धत्व प्राप्त गरेपछि शिष्यहरूलाइ पहिलो ज्ञान सिकाएको महत्वपूण भूमि हो । उनले पाँच शिष्यलाइ पहिलोपटक त्यहाँ ज्ञान बाँडेका थिए । बुद्धले संघको सुरूवात पनि सारनाथबाटै गरेका थिए । संघ बुद्ध ज्ञान विस्तार गर्ने संस्था हो । बुद्धका ज्ञान एक कान दुइकान हुँदै टाढा पुग्दासम्म धेरै परिमार्जित भैसक्ने गर्छन् । त्यसैले त लिखतहरूमा भेटिएका बुद्धज्ञान कति भ्रमित हुन र सहि ज्ञान के हो भन्ने बुझ्न चिनबाट भिच्छुहरू भारत पुग्थे । फासियान चौथो शताब्दी (399-412 ई.) लुम्बिनी, सारनाथ र बोध गया पुगेका थिए । हुज्यान छैठौ सताब्दीमा (६२९- ६४५) नालन्दा यूनिभर्सिटीमा समेत पुगेर अध्ययन अध्यापन गरेका थिए ।



मेरा लागि सारनाथ यही हो भनेर चिनाउने अशोक स्तम्भ महत्वपूर्ण थियो । उक्त स्तम्भ म्यूजियमभित्र छ भन्ने जानकारी पाइयो । तर, म्यूजियम खुल्ने समयसम्ममा हामीलाइ बीएचयू पुग्नु पर्ने थियो । मन्दिर बनाएर बुद्धका मुर्ती राखेका रहेछन् । मान्छेको मन त हो, बुद्धले मुर्तीपूजालाइ मान्यता नदिएपनि बुद्धकै मुर्ती राखेर पुज्ने मान्छे जताततै भेटिन्छन् । त्यहाँ पनि बुद्धलाइ पुज्नेहरू थपिंदैथिए । मन्दिरभित्र कुदिएका जातका कथा भने महत्वपूर्ण लाग्यो । बुद्धलाइ पुज्नको लागि त ती जातक कथाको सार बुझ्न पर्छ भन्ने लाग्यो । कथाका सारलाइ जीवनमा अपनाउन पर्छ भन्ने मनन् गरें । तर, यहि कुरो अरूलाइ भन्यो भने मान्दैनन् । ज्ञान आफूभित्र खोज्ने हो, बाहिरबाट ज्ञान मस्तिष्कमा पस्ने हैन भनेर सम्झाउँदा पनि सम्झनेहरू खासै भेट्टिनन् ।



ज्ञानको प्रकाश बाहिरबाट आउँदैन । त्यसलाई आफू भित्रैबाट उत्पन्न गर्नुपर्छ। सही अर्थमा आत्मज्ञान वा ‘इनलाइटमेन्ट’ बाह्य स्रोतहरूबाट प्राप्त हुने कुनै वस्तु होइन। विपश्यनाले यही सिकाउँछ । सत्यको अनुभूति बाहिरी शिक्षाबाट होइन, आफ्नै अन्तर्निहित अनुभूति र आत्म-निरीक्षणबाट सम्भव हुन्छ।



जब व्यक्ति आफ्नै भित्रको चेतनासँग परिचित हुन्छ, तब बाहिरी संसारका प्रभावहरू गौण बन्छन्। स्थायी शान्ति, आत्मज्ञान र मुक्तिको स्रोत बाहिर नभई स्वयंभित्रै लुकेको हुन्छ। त्यसैले, आत्म-अवलोकन, ध्यान, र आन्तरिक अनुशासनद्वारा मात्र सत्यलाई अनुभूत गर्न सकिन्छ। विपश्यनाले भन्छ – आत्मदर्शन नै मुक्ति र ज्ञानको मूल स्रोत हो।

बेदान्तभित्र अद्वेत वेदान्तीहरूले भन्ने "ब्रम्ह सत्य, जगत मित्थ्या" को भाव र बुद्धको "आत्मदर्शन नै मुक्ति र ज्ञानको मूल स्रोत हो" भन्नुको सार एउटै हो भन्ने लाग्छ । दयानन्द सरस्वतीले सत्यार्थ प्रकाश नामको पुस्तकबाट पनि त्यहि भाव पुष्टि गर्ने प्रयास गरेको पाउँछु ।

त्यहाँबाट निस्किएर दायाँ पट्टि गएपछि स्तुपा देखियो । बुद्धको निर्वाणापछि उनको खरानी बाँडेर खरानी भित्र राखिएको हुन्छ । माथिबाट खरानी कटौराले ढाके जस्तो गरी स्तूपा बनाइएको हुन्छ । सारनाथको स्तुपा पनि त्यस्तै आकारको देखियो । तर, स्तम्भ जसरि अलि अग्लै गरी उठाइएको रहेछ । अन्यत्र भन्दा अलि फरक र अलि अग्लो स्तूपा रहेछ ।



बुद्धलाइ सदगत गरिएको खरानी ८ ठाउँमा स्तूपा बनाएर राखिएको थियो ।

रामग्राम स्तूप नेपालमा अवस्थित एउटा विशेष बौद्ध स्तूप हो, जुन नवलपरासी जिल्लाको रामग्राम नगरपालिकामा पर्छ। यो स्तूप अन्य स्तूपहरूभन्दा फरक र अद्वितीय छ । यसमा भगवान बुद्धका वास्तविक अस्थि (धातु अवशेष) अहिले पनि सुरक्षित रहेको विश्वास गरिन्छ।

बुद्ध महापरिनिर्वाणमा गएपछि, उनका अस्थिहरूलाई विभिन्न आठ राज्यहरूमा बाँडिएको थियो।
तीमध्ये रामग्राम राज्यका राजा ले पनि बुद्धका अस्थिहरू प्राप्त गरी रामग्राम स्तूप निर्माण गरेका थिए।
पछि, सम्राट अशोकले अन्य सात स्तूपहरूका अवशेष निकालेर विभिन्न भागमा पुनः वितरण गरे। तर रामग्राम स्तूपलाई जस्ताको तस्तै राखिएको थियो । लोककथाअनुसार नागहरूले यस स्तूपको रक्षा गरिरहेका थिए । नागहरूले त्यहाँको अस्थि खोल्न नदिएका कारण सम्राट अशोकले यसलाई उत्खनन गर्न सकेनन्।

अन्य प्राचीन बुद्ध स्तूपहरू विभिन्न समयमा उत्खनन, पुनर्निर्माण वा परिमार्जन गरिएका छन्। यो स्तूपमा अझै पनि बुद्धका अस्थि रहेको विश्वास गरिन्छ, यसलाई महत्त्वपूर्ण तीर्थस्थल मानिन्छ। तिब्बती बौद्ध धर्मावलम्बीहरू, विशेष गरी दलाई लामा र अन्य लामा गुरुहरूले रामग्राम स्तूपको अत्यधिक सम्मान गर्छन्। युनेस्कोले रामग्राम स्तूपलाई संरक्षित विश्व सम्पदा सूचीमा राखेको छ । त्यसैले पनि यो ऐतिहासिक, धार्मिक र पुरातात्त्विक दृष्टिले अति महत्त्वपूर्ण स्थल हो।

स्तूप शान्ति, ध्यान, धर्मचक्रको प्रतीक हुन र यीनले बुद्धका उपदेश तथा निर्वाणलाई प्रतिनिधित्व गर्छन्। बुद्ध स्तूपहरू विभिन्न प्रकारका छन्, तर साधारण रूपमा तिनीहरूलाई आठ प्रमुख प्रकार मा वर्गीकरण गरिएको छ, जुन निम्नानुसार छन् –

१. परिनिर्वाण स्तूप – भगवान बुद्धको महापरिनिर्वाण प्राप्त स्थलमा बनाइएका स्तूप।
2. धातु (अवशेष) स्तूप – बुद्धका अस्थि वा अन्य अवशेष राख्नका लागि बनाइएका।
3. धर्म स्तूप – बुद्धका शिक्षालाई मूर्त रूप दिने स्तूप।
4. विजय स्तूप – युद्ध वा अन्य विजय प्राप्तिको सम्झनामा बनाइने।
5. स्मृति स्तूप – महत्वपूर्ण घटनाको स्मृतिमा निर्माण गरिएका।
6. प्रेरणा स्तूप – भक्त तथा अनुयायीहरूलाई बौद्ध मार्गमा प्रेरित गर्न बनाइने।
7. समर्पण स्तूप – विशेष ध्यान र साधनाका लागि बनाइने।
8. संक्रमण स्तूप – जीवको पुनर्जन्म चक्रको प्रतीकका रूपमा बनाइने।

विश्वभर विभिन्न ऐतिहासिक बुद्ध स्तूपहरू छन्, तर सबैभन्दा महत्वपूर्ण स्तूप मध्ये केही प्रमुख स्तूपहरू –

महापरिनिर्वाण स्तूप (कुशीनगर, भारत) – भगवान बुद्धको महापरिनिर्वाण भएको स्थानमा अवस्थित।
साँचि स्तूप (भारत) – अशोक सम्राटद्वारा निर्माण गरिएको ऐतिहासिक स्तूप।
स्वयम्भू स्तूप (नेपाल) – बुद्धले आफू आफैं उत्पन्न भएको विश्वास गरिने महत्त्वपूर्ण स्तूप।
बौद्धनाथ स्तूप (नेपाल) – तिब्बती बौद्ध धर्ममा एक विशेष स्थान राख्ने विश्वको ठूलो स्तूपहरूमध्ये एक।
श्वेडागोन स्तूप (म्यानमार) – बुद्धका कपालका अवशेष राखिएको महत्वपूर्ण स्तूप।
यी स्तूपहरू मध्ये स्वयम्भू स्तूप र बौद्धनाथ स्तूप नेपालका सबैभन्दा महत्त्वपूर्ण स्तूपहरू हुन्, जसलाई बौद्ध धर्मावलम्बीहरू मात्र नभई विश्वभरका धार्मिक तथा अध्यात्मिक यात्रुहरूले पनि उच्च सम्मान गर्छन्।

बुद्धले शिक्षा बाड्न थालेको पहिलो थलो भएकै कारण बनारस ज्ञानको केन्द्रका रूपमा अहिलेसम्म विस्तार भएको हुन सक्छ । राज्यले समर्थन गरेका धर्म समय अनुसार कहिले कुन कहिले कुन भएकै कारणले हुन सक्छ बनारस हिन्दू ज्ञानकेन्द्रका रूपमा परिचित भयो । मदन मोहन मालवियको कालखण्ड हिन्दू बर्चस्वकै कारण विश्वविद्यालयको नाम पनि त्यस्तै जुराएको अनुमान गर्न सकिन्छ । भारत स्वतन्त्रता संग्राममा धार्मिक एकता कायम गर्ने प्रयासले गर्दा हिन्दू धार्मको सहारा लिइएको पनि हुन सक्छ । सन् 1916 मा उनले काशी हिन्दू विश्वविद्यालय (BHU) को स्थापना गरेका थिए । यसले भारतमा आधुनिक शिक्षाको स्तर उचाल्न महत्वपूर्ण भूमिका खेल्यो। भारतीय विद्यार्थीहरूलाई पश्चिमी शिक्षा र भारतीय परम्परा दुवैको संयोजन गराउने वातावरण सिर्जना गर्यो।

रविद्रनाथ टायगोरले स्वतन्त्रता संघ्राममा सांस्कृतिक एकताको महत्वलाइ बुझेको पाइन्छ । अजन्ता गुफाका चित्रकलालाई उजागर गर्ने कलाकार कृष्णनन्द मजुमदारलाइ (Kshitindranath Majumdar) प्रमुख व्यक्ति मानिन्छन् । रविन्द्रनाथ टेगोरले भारतीय कलाकारहरूलाई पश्चिमी प्रभावबाट अलग रहन प्रेरित गर्दै भारतीय परम्परागत कलामा जगेर्ना गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। उनले अजन्ता, एलोरा र अन्य प्राचीन भारतीय चित्रकलालाई पुनः अध्ययन गर्ने सल्लाह दिए। यस प्रेरणाले गर्दा नन्दलाल बोस तथा कृष्णनन्द मजुमदार जस्ता कलाकारहरूले अजन्ता शैलीलाई नयाँ जीवन दिएका हुन ।

Recent Blogs

Comments

Write comment »